तनहूँ । तनहूँको दुर्गमक्षेत्र साविक गजरकोट ९ हाल भिमाद १ डुम्रीबेसी निवासी एमालेका सकृय नेता दयाराम श्रेष्ठले नेकपा एमालेको तनहूँ कार्य समितिमा सदस्य पदको लागि उमेदवारी दिन गईरहनुभएको छ । २०३८ अनेरास्ववियु सदस्य भई , विद्यार्थी संगठनमा सकृय रहनुभएका श्रेष्ठले ०४६ को जन आन्दोलनमा घिरिङ्ग गजरकोट र किहुको कमान्डरको कार्यभार पनि सम्हाल्नुभएको थियो । ०४९ को स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको गढ गजरकोटको वडा नं. ९ मा वडा अध्यक्ष पदमा २५ मतले पराजित हुनुभएको थियो र ०५४ को स्थानीय निर्वाचनमा गजरकोट गाविसको अध्यक्ष बन्नुभएको थियो ।
तनहूँको सुदुर दक्षिण पश्चिम् दुर्गम क्षेत्रमा सकृय राजनीति गर्दै काङ्ग्रेस किल्ला गजरकोट भत्काउने लोकप्रिय योद्धा , युवाहरूमाज लोकप्रिय , साधा जीवन र स्पष्ट वक्ताका भ्रष्टाचार बिरोधी अभियन्ता रुपमा परिचित श्रेष्ठको जिल्ला सदस्य पदको उमेदवारीलाई नेकपा एमालेका कार्यकर्ताले कसरी लिन्छन् आजबाट शुरु भएको जिल्ला अधिवेशनको अन्तसम्म कुर्नुपर्नेछ ।

श्रेष्ठ नेपाली काङ्ग्रेसद्वारा राजनीतिक प्रतिसोधका आधारमा धेरै मुद्दा मामिला र यातना पाउने कम्युनिष्ट नेता तथा कार्यकर्ता मध्ये एक हुनुहुन्छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 1026 Viewed

प्रतिक्रिया दिनुहोस्