भानु १२ मा नेकपा एस् निकट युवा संघ गठन

  • ख-
  • ख+

भानु नगर पालिका वडा नं. १२ मा भएको युवाहरूको भेलाले नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) निकट युवा संघ वडा कमिटी गठन गरेको छ। युवा संघ भानुका संयोजक नीलकमल रानाको अध्यक्षतामा सम्पन्न सो भेलामा नेकपा (एकीकृत समाजवादी) केन्द्रीय लेखा आयोग उपाध्यक्ष विध्या ढकाल, जिल्ला कमिटी उपसचिव तथा भानु नगर कमिटी अध्यक्ष ऋषिराम पन्त, जिल्ला कमिटी सचिवालय सदस्य शंकर रानाभाट, जिल्ला कमिटी सदस्यहरु हर्कमान श्रेष्ठ र प्रेमबहादुर अधिकारी तथा नगर कमिटी सदस्यहरु धर्मराज अधिकारी, गोविन्द वि. क.लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्