नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भानुको सङ्गठन सुदृढिकरण अभियान सञ्चालन

  • ख-
  • ख+

तनहूँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भानुले आफ्नो सङ्गठन सुदृढिकरण अभियानलाई तीब्रता दिएको छ। आज सो पार्टीले भानु ४ चुँदी गाउँमा वडास्तरीय भेला सम्पन्न गरेको छ। उल्लेख्य संख्यामा वडाबासीहरुको सहभागिता रहेको सो भेलाले शिवचन्द्र रानाभाटको अध्यक्षतामा ३७ सदस्यीय वडा कमिटी गठन गरेको छ । सो कमिटीको उपाध्यक्ष अमृत नेपाली, सचिव गोपालचन्द्र ढकाल, उपसचिव कृष्णराज पन्त तथा सुचिता माल्बु, सदस्यहरुमा मीनबहादुर महत, कुलबहादुर अधिकारी,प्रताप महत, गङ्गा गुरुङ, गङ्गा वि. क., पदम अधिकारी, सुमित्रा कुमाल लगायत रहनु भएको छ। सो कार्यक्रममा नेकपा समाजवादीका केन्द्रीय लेखा आयोग उपाध्यक्ष विध्या ढकाल, जिल्ला उपसचिव तथा भानु अध्यक्ष ऋषिराम पन्त, जिल्ला सचिवालय सदस्य शान्ता ढकाल तथा शंकर रानाभाट, जिल्ला सदस्य श्रीप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्