लोकगायक राजु परियार लम्जुगंमा सम्मानित

  • ख-
  • ख+

लोकगायक राजु परियार सम्मानित हुनुभएको छ । लमजुङको बेंसीसहर नगरपालिका २ चिसापानी घर हुनुभएका गायक परियारलाई एमाले जिल्ला कमिटी लमजुङको शुक्रबार सुन्दरबजार(७ स्थित कृषि क्याम्पसको खेलमैदानमा भएको आठौं जिल्ला अधिवेशन उद्घाटन सत्रको अवसरमा सम्मान गरिएको हो ।

एमालेको केन्द्रीय उपमहासचिव एवम्ं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मानपत्र प्रदान गरेर परियारलाई सम्मान गर्नुभएको हो । लोकलयलाई गायकीका माध्यमबाट नेपाली सांगीतिक आकाशलाई चम्किलो बनाउन सफल, स्थानीय लोक भाकालाई टपक्क टिपेर अन्तरा जडित मुर्छनाबाट गाउँवस्तीका प्राकृतिक सुन्दरता, सामाजिक विभेद र युगल भावलाई लोक गीतका माध्यमबाट विश्वभर चिनाउन सफल भएको भन्दै सम्मान गरेको हो ।

२०३७ सालमा जन्मिनु भएका परियारले ९ वर्षको उमेरदेखि गीत गाउन थाल्नुभएको हो । उहाँले अहिलेसम्म १३ हजार बढी गीतमा स्वर दिइसक्नुभएको छ। गायक परियारले प्रवल जनसेवा श्री चौँथो विभूषण, भारतको पुनाबाट प्राप्त डा। अम्बेडकर पुरस्कार र नातिकाजी युवा प्रतिभा, रेडियो, एफएम देश तथा विदेशका विभिन्न संघसंस्थाबाट सम्मान र पुरस्कार पाउनु भएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?