तनहूँ । राष्ट्रिय प्रजातन्त्र पार्टी तनहूँले ३००औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस यही पौष २७ गते दमौलीमा कार्यक्रम गर्ने भएको छ पञ्चे बाजा सहित दमौली बजार परिक्रमा गरि अनसन चौतारीमा जम्मा हुने कार्यक्रम रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी तनहूँका अध्यक्ष विनोद घर्तिले बताउनुभएको छ । टुक्रिएर रहेका राज्यहलाई एउटै मालामा गाँस्न अविस्मरणिय योगदान गर्नुभएका बडामराहाजधिराज पृथ्वी नारायण शाहको गणतन्त्रका अनुयायीहरुले अवमुल्यन गरिरहेकोले पनि यो दिवसलाई तनहूँवासीले भव्यताका साथ मनाउने पनि उहाँको भनाई रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालय व्यास ४ जिल्ला प्रहरी कार्यालय अगाडि ११ः३० मा जम्मा भई नगर परिक्रमा पश्चात अनशन चौतारीमा पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गर्ने कार्यक्रम रहेको राप्रपा तनहूँले जनाएको छ ।








