नेकपा एमाले,तनहूँको जिल्ला सचिव सिग्देल र ढकालको भिडन्त

  • ख-
  • ख+

तनहूँ । नेकपा एमाले तनहूँको जिल्ला सचिवमा दुई युवा नेताको भिडन्त हुनेभएको छ । पौष २३ गतेबाट संचालित नर्वौ जिल्ला अधिवेशनमा सर्वसम्मत वनाउने प्रयास असफल भएपश्चात सचिवको लागि युवा नेताहरु विष्णुभक्त सिग्देल र राजेश्वर ढकालले सचिव पदमा उमेदवारी दिनुभएको हो ।
कार्यवाहक सचिवको जिम्मेवारी सम्हालिसक्नुभएका सिग्देल पार्टीका नेता तथा कार्यकर्ताले आफुलाई विश्वास र माया गरि विजयी गराउनेमा ढुक्क हुनुभएको छ भने जिल्ला सचिवालय सदस्यको रुपमा कार्यकाल सम्पन्न गर्नुभएका राजेश्वर ढकाल कार्यकर्ताको सुख दुःखमा साथ दिएकोले कार्यकर्ताले आफुलाइै साथमा विश्वस्त हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्