तनहूँ । राष्ट्रिय प्रजातन्त्र पार्टी तनहूँले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । ३०० औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा सर्वाजनिक विदा माग गर्दै तनहूँका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र हस्तान्तरण गरेको हो ।
राप्रपा तनहूँका अध्यक्ष विनोद घर्ति, राप्रपाकी केन्द्रिय सदस्य गौमाया श्रेष्ठ सहितको टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटि देशको एकिकरण गर्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अपमान गरि सार्वजनिक विदा कटौती गरिएकोमा सो विदा दिन माग गर्दै आफ्ना मागहरु समेटिएको ज्ञापन पत्र हस्तान्तरण गरेको हो ।
देशभरका नागरिकहरुको पृथ्वी जयन्ति मनाउने चाहाना भभएको काराण् पनि सरकाले विदा दिनुपर्ने राप्रपा अध्यक्ष विनोद घर्तिको भनाई रहेको छ । राप्रपा तनहूँले उक्त दिन तनहूँको दमौलीमा विशेष कार्यक्रमको आयोजना गर्न गईरहेको छ ।








