तनहूँ । व्यास नगरपालिका वडा नं. १० सेवरको सेवर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २९ औं बार्षिक सभा तथा ९ औ अधिवेशन गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे बि. क. ले बुधवार उद्घाटन गर्नुभयो । उक्त अवसरमा उहाँले गण्डकी प्रदेश सरकार सधै किसानको हितमा काम गर्न लाग्ने बताउनुभएको थियो । संस्थाकाअध्यक्ष यामबहादुर कुवरको सभापतित्वमा भएको कार्यक्रममा वडा अध्यक्ष तुलसीराम सापकोटा, केन्द्रीय दुग्ध उत्पादक संघका वरिष्ठ उपाध्यक्ष अम्बर बहादुर कुवर, तनहूँ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष यज्ञप्रसाद शर्मा लगायतका महानुभावहरुले संस्थाको प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
संस्थाका व्यवस्थापक राजु भुजेलले संचालन गरेको कार्यक्रममा लेखा समितिका अध्यक्ष हरिविलास अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
उक्त अवसरमा संस्थाका अध्यक्ष कुवरले आगामी आर्थिक बर्ष २०७८। ७९ को अनुमानित आय व्यय नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
अधिवेशनले संस्थाको कार्य समिति चयन गर्ने बताईए पनि समय अभावको कारण उक्त कार्य बुधवार सम्पन्न हुन नसकेको निर्वाचन समितिले जनाएको छ ।












