 
                                     
								(राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलका साथमा तनहूँका अध्यक्ष मदन तिमल्सेना )
तनहूँ । नेकपा एमालेका युवा नेता मदन तिमल्सेना राष्ट्रिय युवा संघ तनहूँको अध्यक्ष चयन हुनुभएको छ । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले तिमल्सेनालाई अध्यक्ष चयन गर्नुभएको हो ।
जुझारु एवं सक्रिय युवा नेता तिमल्सेनालाई चयन गरिएको राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष पौडेलले बताउनुभएको छ ।
विद्यार्थी कालदेखि नेकपा एमालेमा सक्रिय तिमल्सेना राष्ट्रिय युवा संघ नेपालको पुर्व केन्द्रिय सदस्यका साथै नेकपा एमालेको व्यास नगरपालिका वडा नं. १० कमिटिको अध्यक्ष पनि हुनुहुन्छ । त्यसैगरि पुर्नगठित राष्ट्रिय युवा संघ नेपालको  केन्द्रिय सदस्यमा नेकपा तनहूँका युवा नेताहरु उज्वल खनाल, ईश्वर श्रेष्ठ र तिर्थ खनाल पनि चयन हुनुभएको राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कार्यालयले जनाएको छ ।

 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


