काठमाडौं । पछिल्लोसमय नेपालमा कोरोना भाईरस संक्रमितहरुको संख्या बढ्दै गईरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा मा ४,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
तिमध्ये १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४,६३६ जनामा कोरोना संक्रमितको संख्या थपिएको हो भने कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।
हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ । सक्रिय संक्रमितमध्ये २० हजार ५३६ जना होम आइसोलेसनमा र १०४८ जना संस्थागत आइसोलेसन अर्थात अस्पतालमा छन् ।
काठमाडौं जिल्लामा १५९१, ललितपुरमा ४८६, भक्तपुरमा १४२ जना गरी उपत्यकामा २,२१९ जना, चितवनमा २०५, सुनसरीमा ११६, कैलालीमा १०७, मोरङमा १०४, मकवानपुरमा ८३, कास्कीमा ७३, धनुषामा ६९, नवलपरासी पूर्वमा ६६ जनामा संक्रमित हुनुभएको छ । त्यसैगरि झापामा ४०, पर्सा र बाँकेमा ३९। ३९, काभ्रेमा ३७, दाङमा ३०, तनहूँमा २५, सिरहामा २३, सुर्खेतमा २२, सर्लाहीमा १९, महोत्तरीमा १८, नुवाकोटमा १६, रामेछाप, सिन्धुपाल्चोक र पाल्पामा १५र१५, बाग्लुङ र स्याङ्जामा १४।१४, बारा र सिन्धुलीमा १३।१३ ओखलढुंगा र सप्तरीमा ११।११, नवलपरासी पश्चिम र रोल्पामा १०।१० जनामा संक्रमित हुनुभएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।








