पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

  • ख-
  • ख+

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई कोरोनाभाइरस संक्रमण भएको छ । उहाँलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबारका लागि तय भएका कार्यक्रममा मन्त्री आले सहभागी नहुने उहाँको सचिवालयले जानकारी दिएको छ ।

केही दिनयता अनुगमनमा हिँडिरहनुभएका मन्त्री आलेलाई कोरोना संक्रमण भएको हो । आइतबार मात्र बतास अर्गनाइजेसनले व्यवस्थापनको जिम्मेवारी लिएर चलाइरहेको पशुपतिनाथ मन्दिर क्षेत्रको धर्मशालाको निरीक्षण गर्न पुग्नुभएको थियो ।

मन्त्री आलेसहित उहाँको स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ । अनुगमनमा जाँदा सम्बन्धित् कार्यालयमा अधिकारी र पत्रकारसहित पुग्ने गर्नुभएका मन्त्री आले र उहाँको स्वकीय सचिव रेग्मी कोरोना संक्रमित भएपछि अनुगमनमा सहभागीहरू पनि जोखिममा परेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?