कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एकजना घाइते

  • ख-
  • ख+

काठमाण्डौ । काठमाण्डौको कोटेश्वरमा हजिो राति मोटरसाइल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडि सवार एकजना घाइते भएका छन् ।

तिनकुनेबाट कोटेश्वर तर्फ जाँदै गर्दा गएराति साढे ११ बजे प्रदेश ३-०२-०२६ प १८२४ नम्बरको मोटरसाइकल नम्बर नखुलेको टिपरमा ठोक्किएर दुर्घटना हुँदा मोरङ घर भई सल्लाघारी बस्ने २६ वर्षीय अनन्त लिम्बुको मृत्यु भएको हो । लिम्बुको राति नै उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका काभ्रेका ३१ वर्षीय देव लामा घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

टिपरसहित चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?