 
                                     
								तनहूँ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धिको विरोधमा राष्ट्रिय युवा संघ तनहूँले दमौलीमा विरोध कार्यक्रमको आयोजना गर्यो । ईन्धनको मुल्य वृद्धि गरेर जनतालाई मार पारेको भन्दै युवासंघले मोटरसाईकल, स्कुटर तथा टेम्पो दमौली बजारमा धकेलेर गुडाएका थिए । वर्तमान सरकारले महंगी बढाएर जनातको ढाँड सेकेको बताउदै युवाहरुले मुल्यवृद्धि फिर्ता लिन माग गर्दै नारा लगाउनुभएको थियो ।
सफासडक चोकमा भएको कोणसभालाई संवोधन गर्दै युवा संघका जिल्ला संयोजक मदन तिमल्सेनाले वर्तमान सरकारलाई सत्ताको मात्र पिर भएको जनाताको पिर नभएकोले ईन्धनमा मात्र नभएर अन्य खाद्य पदार्थमा पनि मुल्य वृद्धि गरेको बताउनुभएको थियो ।
जनताको मर्का बुझ्न छोडि , कोरोना विरुद्धको खोप लुकाउन र भारतले नेपाली जमिनमा सडक बनाउदा बोल्न छोडि सत्तामा डुब्नमात्र यो सरकार बनेकाले यस्को विरुद्ध लाग्नुपर्ने उहाँको भनाई रहेको थियो । कार्यक्रममा युवा संघका नेताहरु बसन्त पौडेल, बिष्णु अधिकारी, कृष्णकुमार श्रेष्ठ, अजित पन्थ, मुन्नी खातुन, पुजा पौडेल, राजु गुरुगं, राम श्रेष्ठ लगायतका युवाहरुको सहभागिता रहेको थियो ।
दमौलीको अनसन चौतारीबाट शुरु भएको विरोध कार्यक्रम सफासडकचोकमा आएर समापन भएको थियो ।







 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


