तनहूँ। तनहूँ अण्डा उत्पादक कृषक समुहका पदाधिकारीहरुको आज दमौलीमा पदस्थापन कार्यक्रमको आयोजना गरियो । समुहको अध्यक्षमा खेमराज अधिकारी, उपाध्यक्षमा राजु खड्का, सचिव नरेन्द्र बहादुर चन्द, कोषाध्यक्ष मानबहादुर आले सदस्यहरु प्रेमबहादुर अधिकारी क्षेत्री, कृष्णबहादुर आले,गणेश बहादुर मगर, बसन्तबहादुर खड्का, रोशन लामा, लिलबहादुर गुरुगं, खुशीराम कैनी शुसिल पौडेल र डम्बरबहादुर गुरुगं चयन हुनुभएको थियो । पदाधिकारीहरुलाई वरिष्ठ कृषक कालिका पौडेलको प्रमुख आतिथ्यतामा र समुहका निवर्तमान अध्यक्ष रविन भुजेलको उपस्थितिमा पदस्थापनमा गरिएको थियो ।
उक्त अवसरमा नवनिवर्नचित पदाधिकारीहरुले तनहूँ जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउनेतिर लाग्नको लागि कृषकहरुलाई प्रोत्साहन गर्ने निती नियम ल्याउन र सर्वसाधारणलाई अण्डा खानुको फाईदाको बारेमा जनचेतना बढाउन विभिन्न कार्यक्रमहरु ल्याउने बताउनुभएको थियो ।
तनहूँ जिल्लामा दैनिक ३ लाख अण्डा खपत हने भएपनि करिब १ लाख ५० हजार अण्डा उत्पादन भईरहेको समुहका अध्यक्ष खेमराज अधिकारीको भनाई रहेको छ ।
उक्त समितिको कार्यकाल ४ बर्षको रहनेछ ।








