मृर्गौला रोगीद्धारा सहयोगको याचना

  • ख-
  • ख+

तनहूँ । ब्यास नगरपालिका वडा नं. १३ बेलबासस्थित शिवमाया रानाको दुबै मृर्गौलाले काम गर्न छोडेकोले चरम आर्थिक संकटबाट गुज्रिनुभएको छ । उपचार गराउदा सबै सम्पत्ति सकिएपछि उहाँले आर्थिक सहयोग माग्नुभएको छ ।

हप्तामा २ पटक डाइलेसिस गर्नुपर्ने र दमौली अस्पतालमा बेड अभावले दमौलीभन्दा बाहिरको अस्पतालमा लग्नुपर्ने भएकोले आर्थिक समस्या परेकोले आफ्नो जीवन रक्षा गरिदिनको लागि सबैसग अपिल गर्नुभएको छ ।

स्थानिय समाजसेवी मेघनाथ आचार्यका अनुसार गाँउले तथा अन्य सहयोगी व्यक्तिहरु मिलेर उहाँको लागि सहयोग रकम संकलन गर्ने प्रयाश गरिएको छ ।

उहाँलाई आर्थिक सहयोग गर्न चाहने व्यक्तिहरुले तलको नामर मोर्वाल नम्बरमा सम्पर्क गर्नसक्नुहुनेछ ।
बिरामीको श्रीमानः भोट बहादुर राना ९८९४५४७५५०९
छोरीः कृष्ण कुमारी राना ९८२७१४२१०३
बैक खाता नं ००७२२३ ००८१४९ ३१०००००१ (मुक्तिनाथ बिकास बैंक, दमौली)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्