नेकपा एमाले बन्दीपुरको प्रवक्तामा शिवकुमार श्रेष्ठ चयनः जिल्ला सदस्यहरुलाई सम्मान

  • ख-
  • ख+

तनहूँ । नेकपा एमाले बन्दीपुर गाउँपालिकाले पार्टीको प्रवक्तामा शिवकुमार श्रेष्ठलाई चयन गरेको छ । शनिवार पार्टी अध्यक्ष सुरेन्द्र थापाको अध्यक्षतामा भएको बैठकका श्रेष्ठलाई प्रवक्ता चयन गरेको होे । बैठकमा हालै सम्पन्न जिल्ला अधिवेशनमा बन्दीपुरबाट निर्वाचित जिल्ला सदस्यहरु गोविन्द प्रसाद अधिकारी, भिम बहादुर गौतम,काशीनाथ भट्टराई, शान्ति कुँवर र फुलमती थापा, धन बहादुर आले, भगवान श्रेष्ठ, र सविना मल्ललाई सम्मान गरिेको थियो । उहाँहरुलाई बन्दीपुरका पार्टी संस्थापक सदस्य भरत कायस्थ र पूर्व अध्यक्ष सनद श्रेष्ठद्वयले अबिर र खाँदा लगाएर सम्मान गर्नुभएको छ ।
बैठकले नेकपा एमाले बन्दीपुरको कार्यालय सचिवमा हरिश्चन्द्र भट्टराई र सल्लाहकार संयोजकमा भरत कायस्थलाई चयन गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?