 
                                     
								तनहूँ । नेपाली कांग्रेस तनहूँले सहिद दिवसका दिन दमौली अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ ।
जिल्ला सभापति जीतप्रकाश आले सहितको टोलीले दमौली अस्पतालका प्रमुख डक्टरसुनिल पौडेल मार्फत अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गर्नुभएको थियो । फलफूल वितरण कार्यक्रममा संविधान सभा सदस्य झुलबहादुर आले, उपसभापतिद्धय राजेन्द्रकृष्ण श्रेष्ठ, देवकुमार श्रेष्ठ, सचिवद्धय सहदेव अधिकारी, लक्ष्मीभक्त खनाल र जिल्ला सदस्य डम्बरबहादुर अधिकारी लगायतको उपस्थिती रहेको थियो ।
कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै सहिद दिवसका अवसर पारेर अस्पतालमा फलफूल वितरण कार्यक्रम आयोजना गरिएको जिल्ला सभापति आलेले बताउनुभयो । अस्पतालका बिरामीलाई फलफूल वितरण गरेकोमा अस्पतालका प्रमुख डक्टर पौडेललाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


