तनहूँ । चुनावको मिति तोक्न आनाकानी गरेको भन्दै नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ तनहूँले सरकारलाई खबरदारी गरेको छ । राष्ट्रिय युवा संघ तनहूँका अध्यक्ष मदन तिमल्सेनाद्धारा हस्ताक्षरित विज्ञप्तिमा परमादेशी सरकारले अप्राकृतिक गठबन्धन गरि देशलाई थप अस्थिरता तर्फ लान खोजेको आरोप लगाउनुभएको छ ।
मुलुकलाई जनप्रतिनिधि विहिन प्रपन्च विरुद्ध लाखौ युवाहरुलाई विधिको शासन र कानूनको सर्वोच्चता स्थापित गराउने लडाईमा पुनः एकपटक सडकमा उतार्न हाम्रो संगठन बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार परमादेशबाट बनेको वर्तमान सत्ता गठबन्धन हुने चेतावनी दिन चाहन्छ विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति
नेपालको राजनैतिक अस्थीरताका वाहक शक्तिहरुको गठजोडबाट बनेको वर्तमान परमादेशी सरकारले देशलाई थप अस्थीरता तर्फ लैजाने प्रयत्न गरिरहेको छ । त्यसकै पछिल्लो कडिको रुपमा देशका स्थानीय सरकारहरुलाइ जननिर्वाचित प्रतिनिधि रहित बनाउने अभिप्रायको साथ स्थानिय तहको निर्वाचनलाई संवैधानिक ब्यवस्थाको बर्खिलाप हुने गरि टार्ने प्रपञ्च गरिदैछ । दशकौं सम्म स्थानीय निकायहरु जनप्रतिनिधिविहिन हुदाँ विगतमा मुलुकले ब्यहोर्नुपरेको भयंकर क्षतिलाइ नजरअन्दाज गर्दै, आम जनता र मुलुकको सबैभन्दा ठूलो राजनीतिक पार्टी नेकपा एमालेले पटक–पटक स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न गरिरहेको आग्रहलाइ लत्याउदै वर्तमान अप्राकृतिक सत्ता गठबन्धन देशलाई अँध्यारो तर्फ डोर्याउन उद्दत रहेको कुरा प्रस्ट छ ।
लोकतन्त्रको मुल मर्म संवैधानिक सर्वोच्चता र आवधिक निर्वाचन हो । तसर्थ लोकतान्त्रीक व्यवस्थालाई सुदृढिकरण गर्नका लागि राष्ट्रिय युवा संघ तनहूँ जिल्ला तत्काल निर्वाचन मिति घोषणा गरेर समयमै निस्पक्ष निर्वाचन गर्न वर्तमान सरकार समक्ष जोडदार माग गर्दछ । अन्यथा लाखौ युवाहरु लाइ विधिको शासन र कानूनको सर्वोच्चता स्थापित गराउने लडाईमा पुनः एकपटक सडकमा उतार्न हाम्रो संगठन बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवार परमादेशबाट बनेको वर्तमान सत्ता गठबन्धन हुने चेतावनी दिन चाहन्छ ।
हार्दिक अभिवादन .
राष्ट्रिय युवा संघ तनहूँ
अध्यक्ष
मदन तिमल्सेना









