सुर्खेत । सल्यान र सुर्खेतमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. ११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको चट्याङ लागेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालले जनाएको छ ।
गएराती खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी गम्भीर घाइते भएकी खत्रीको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काका अनुसार हिजो अबेर राती परेको चट्याङले बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर सात लामासरा कि चालीस वर्षीया रामकली कामिको मृत्यु भएको हो ।
अहिले सल्लिबजारबाट एक प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । (नेपाल प्रेस)








