 
                                     
								तनहूँ । अनेरास्ववियु तनहूँले वर्तमन् सरकारलाई स्थानिय निर्वाचनको मिति घोषण गर्न दवाव दिने उद्धेश्यले तनहूँको दमौलीमा सडक बहश चलाएको छ । निर्वाचनको मिति घोषणा नगरेर वर्तमान सत्ताले संविधानको धज्जी उडाएको बताउदै उक्त सडक बहशमा सहभागी वक्ताहरुले छिटोभन्दा छिटो स्थानिय तहको निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल वार एसोसियसन तनहूँका अध्यक्ष भानुभक्त सुवेदी, नेपाल वार एसोशियसन कास्कीका पुर्व अध्यक्ष कमल अर्याल, नेपाल वार एसोसियशन तनहूँका पुर्व अध्यक्ष शिवदत्त ढकाल, नेकपा एमाले तनहूँका उपाध्यक्ष हरिभक्त कडेंल, उपसचिव प्रदिपराज अधिकारी, अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य एवं गण्डकी प्रदेशका सचिव आर.के.पोख्रेल, राष्टिय युवा संघ तनहूँका संयोजक मदन तिमल्सेनाले आफ्नो मन्तव्य राख्नुभएको थियो ।
अनेरास्ववियु तनहूँका अध्यक्ष नविन वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष वाग्लेले वर्तमान् सरकारका जनविरोधीको कामहरुको भण्डारफोर गर्न अनेरास्ववियु सधै लागिपर्ने बताउनुभएको थियो ।




 
                    



 
				                               
 
							 
							 
							 
     
     
     
     
     
     
    


