नेपाली कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत नियुक्त

  • ख-
  • ख+

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रकाशशरण महतलाई दिनुभएको छ । सभापति देउवाले आज महतलाई पार्टी प्रवक्ता नियुक्त गरेको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदमा उठे पनि पराजित हुनुभएका महतलाई देउवाले केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?