दमौलीमा १०८ फिटको महर्षि वेदव्यासको मुर्ति निर्माण कार्य शुरु

  • ख-
  • ख+

तनहूँ । मादि र शुक्लाको संगम पवित्र तिर्थस्थल व्यास गुफामा व्यासको मुर्ति निर्माणको प्रक्रिया शुरु भएको छ । महर्षि वेद व्यासको १०८ फिटको मुर्ति विभिन्न चरणमा निर्माण हुने भएकोले पहिलो चरणमा फाउण्डेशनको काम गरिएको व्यास क्षेत्र शिव पान्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले बताउनुभएको छ । उहाँका अनुसार जमिनभन्दा तल १८ फिट , जमिनभन्दा माथि ३५ फिटको फाउण्डेशनको काम यो बर्ष गरिनेछ । मंगलबार राति शुरु गरिएको उक्त कार्य बिहिवारसम्म सकिने श्रेष्ठको भनाई रहेको छ । मुर्ति निर्माणको काम दमौली वासीको मात्र नभएर समग्र देशको गौरवको कुरा भएकोले पनि एकदमै संवेदनशिल भएर प्राविधिकरुपमा एकदमै पक्का भएर गरिएको उहाँको भनाई छ ।
जनताको हातेमालोमा निर्माण गर्न लागिएको वेदव्यासको मुर्तिको लागि संघिय सरकार, प्रदेश सरकार र स्थानिय निकायबाट सहयोग प्राप्त भईरहेको र अझै सहयोग प्राप्त भए पश्चात ८० करोड रुपैया भन्दा बढिको लागतमा निर्माण हुने अध्यक्ष अशोककुमार श्रेष्ठको भनाई रहेको छ , मुर्ति निर्माणको कार्य एकै चरणमा सम्पन्न भई नसक्ने भएकोले सकेसम्म छिटो निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको श्रेष्ठको भनाई छ ।
आरएम्सि प्रयोग गरेर निर्माण गरिदै गरिएको फाउण्डेशनको अनुगमन तथा प्राविधिक जाँचको लागि व्यास नगरपालिकाका वरिष्ठ ईन्जिनियर राजु पौडेल लगायतका प्राविधिक तथा कर्मचारीहरु दिनरात खटिरहनुभएको छ भने समितिका सदस्यहरु बलराम बगाले, दिनेशकुमार श्रेष्ठ लगायतका पदाधिकारीहरुको पनि उपस्थिति रहेको छ ।

(प्राविधिकसग सरसल्लाह गर्दै अध्यक्ष अशोककुमार श्रेष्ठ, सदस्यद्धय बाबुराम बगाले र दिनेशकुमार श्रेष्ठ लगायतका व्यक्तिहरु)
(व्यास नगरपालिका परिसरमा रहेको महर्षि वेदव्यासको मुर्ति )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?