बन्दिपुरमा एउटै टोलका २० जना एमाले प्रवेश

  • ख-
  • ख+

तनहूँ । निर्वाचनको घोषणसगै लगत्तै नेकपा एमाले बन्दिपुरले आफ्नो गतिविधि तिब्र बनाएको छ । नेकपा एमाले बन्दीपुर वडा नं ५ अन्तर्गतको बाचेगाउँ कल्चोक टोल कमिटीमा गरेको निर्वाचन लक्षित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २० जना नेकपा एमाले प्रबेश गर्नुभएको छ । टोल कमिटिका अध्यक्ष सुर्य बहादुर थापाको अध्यक्षतामा भएको भेलामा विभिन्न पार्टी परित्याग गरी २० जनाले नेकपा एमाले प्रबेश गर्नुभएको हो ।

बन्दीपुर गाउँ कमिटीका सदस्य सुरेन्द्र बहादुर थापाको प्रमुख आतथ्यता तथा काशिनाथ भट्टराईको बिशिष्ट आतिथ्यतामा भएको भेलामा नेकपा एमाले क्षेत्र नं.१ का क्षेत्रीय सदस्य हरि बहादुर सुनार, किसान महासंघका बन्दीपुर अध्यक्ष नारायण लामिछाने, वडा नं ५ का वडा कमिटी अध्यक्ष सुक बहादुर गुरुङ तथा स्थानीय आमा समूह अध्यक्ष तथा स्थानियहरुले जनताको सुख दुःखको पार्टी र पीर मर्का बुझ्ने पार्टी एमाले नै भएको भन्दै विगतमा अन्य पार्टीलाई सहयोग गरेपनि उनीहरूको वाचा र घोषणापत्र अनुसारकाम नभएको भन्दै अबको दिनमा एमालेलाई समर्थन गर्दै आगामि निर्वाचनमा एमालेलाई सत्तामा पुर्याउन सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।

प्रमुख अतिथि थापाले सम्पूर्ण नव प्रबेशीहरुलाई टिका लगाएर पार्टीमा स्वागत गर्दै पार्टी सदस्यता प्रदान गर्नुभएको थियो । (रेडियो छिम्केश्वोरीबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?