लक्छु मल्लले दिए दमौलीमा चुनाव शुरु हुन लागेको झल्को

  • ख-
  • ख+

तनहूँ । सरकारले आगामी बैशाष ३० गते स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेपछि तनहूँको दमौलीलाई पनि चुनावको बहशले तताएको छ । बिशेष गरि चिया पसल र भट्टीहरुमा चुनावको चर्चा त भईरहेको छ त्यो भन्दा एक कदम अगाडि बढेर व्यास नगरपालिका वडा नं. ३ अनसन चौतारीका बासिन्दा एवं नेपाली कांग्रेस तनहूँ क्षेत्र नं. १ का सदस्य लछमन मल्ल (लक्क्षु) आफ्नो फोटो, नेपाली कांग्रेसको चुनाव चिन्ह र नेताहरुको फोटो सहित फ्लेक्स बनाएर घरमा झुण्ड्याउनुभएको छ । उक्त फ्लेक्समा मिति २०७९ बैशाष ३० मा हुने स्थानिय तहको निर्वाचन सफल पारौ लेखिएको छ ।

स्थानिय तहको घोषणा भएर चर्चा परिचर्चा शुरु हुदाँ मल्लको उक्त कदमलाई मानिसहरुले विभिन्न कोणबाट व्याख्या गरिरहेका छन् । फ्लेक्समा आफ्नो फोटो बाहेक केहि नराखेपनि मल्ल यसपटक व्यास ३ को वडा अध्यक्षको आकांक्षी भएको कारण अहिलेदेखि नै टिकट प्राप्तिको तयारी गरेको अनुमान गरेका छन् । यसै बिषयका जिज्ञासा मल्लसग राख्दा ”अहिलेलाई यतिमात्र बुझौं म पनि व्यास ३ बनाउन कोहिभन्दा कम छैन र कांग्रेसमा मेलै पनि राम्रै योगदान गरेको छुु’‘ भन्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्