स्थानिय चुनाव बिशेषः विभिन्न पदका दावेदारहरुलाई ईश्वर राज पन्थको अपिल

  • ख-
  • ख+

(ईश्वर राज पन्थ)

तनहूँ । आसन्न निर्बाचनमा उम्मेद्बारीको दाबेदारहरुलाई आफ्नो वास्तविक हैसियत स्वस् मुल्यांकनका लागि, मतदातालाई सर्वस्वीकार्य उम्मेद्बार रोज्न सहजताका लागि र हाम्रो भन्दा राम्रो ब्यक्तिलाई उचित जिम्मेवारीमा पुग्न पुर्याउनका लागि सार्वजनिक धारणा बनाउन सार्वजनिक पदमा उम्मेद्बारी प्रस्तुत गर्ने व्यक्तिले तलका बिधाहरुका आधारमा स्वः मुल्यांकन गर्ने अनलाइन परीक्षा फारम बिकास गरिएको छ । तपाईंलाई पठाइएको वेबलिंक मार्फत उक्त बस्तुगत परीक्षाबाट तपाईंको स्वः मुल्यांकन गरी प्रेषित गर्नुहोला । आवश्यक छानबिन पश्चात् तपाइँलाई लब्धाङ्क पत्र (Mark Sheet) प्राप्त हुनेछ । सोही आधारमा सबै पक्षलाई तपाइँका बारेमा निर्णय निर्माण गर्न सहज हुनेछ भन्ने बिश्वास गरिएको छ । स्वस्थ छनौट र प्रतिस्पर्धाको लोकतान्त्रिक अधिकारका लागि यसमा सहभागी भइदिनुहुन हार्दिक अनुरोध गर्दछु । यसमा अझै कुन /कुन बिधा थपघट गर्नुपर्ला ? सुझावको समेत अपेक्षा गरेको छु ।
जस्तै,
१)शैक्षिक योग्यता ?
अ) अण्डर एस् एल् सी
आ) एस् एल्. सी. र प्लस टु
इ) स्नातक वा माथी
२) उमेर ?
अ) ३० देखि ७०
आ) ५० देखि ७०
इ) ३० देखि ५०
३) सुचना प्रबिधि, संचार र कम्प्युटर सीप,
अ) केही छैन
आ)सामाजिक संजाल मात्रै चलाउने
इ) कम्प्युटर, इमेल, ईन्टरनेट सबै
४) सवारी इजाजतपत्र,
अ) दुइखुट्टे
आ) दुइपाङ्ग्रे
इ) चारपाङ्ग्रे
५) पद आकांक्षा पटके ?
अ) उही पद दोहोर्याउने
आ) तह बढुवा
इ) पहिलो अबसर
६) देखिनेगरी संलग्न पेशा व्यावसाय,
अ) नभएको
आ) जागिर
इ) उद्धमशिलता
७) चारित्रीक अबस्था,
अ) आँखैले देखेको वा प्रमाणित नै भएको
आ) हल्ला मात्रै चलेको
इ) शंका गर्न पनि पाप लाग्ने
८)आर्थिक दान चन्दा सहयोग,
अ) सकेसम्म जोगिने
आ) करबलले मात्रै गर्ने
इ) स्वस्फूर्त गरिहाल्ने
९) सामाजिक सेवामा तत्परता,
अ) सकेसम्म छल्लिन खोज्ने
आ) होस्टेमा हैंसे मात्रै गर्ने
इ) आफै नेतृत्व गर्न तम्सिहाल्ने
१०) मलामी जानुपर्दा ,
अ) जाँदै नजाने गएपनि स्कुटर, मोटरसाईकल वा कारमा जाने
आ) जानको लागि मात्रै जाने सकेसम्म लास दाउरा नछुने
इ) लास नबोकी, नछोई सन्तोषै नलाग्ने
११) सम्बन्धित क्षेत्रमा बसाइँको अबस्था ?
अ) पाहुना बासिन्दा (पाहुना लाग्न मात्रै जाने)
आ) अस्थायी बासिन्दा (कहिलेकाहीँ जाने)
इ) स्थायी बासिन्दा (संधै त्यहिं बस्ने)
१२) आरक्षणको ब्यबस्था ?
अ) खस, आर्य, मधेसी, जनजाती अन्य
आ) महिला, दलित, अपाङ्ग, सिमान्तकृत, पिछडाबर्ग
इ) दोहोरो आरक्षण दिनुपर्ने जस्तै दलितंअपाङ्ग
१३) सामाजिक कुलत र अम्मल ?
अ) आदतका रुपमा धूम्रपान वा मध्यपान वा सुर्ती सेवन गर्ने
आ) आदतका रुपमा जुवा तास मात्रै खेल्ने
इ) केही कुलत नभएको, अम्मल सेवन नगर्ने
१४) सम्बन्धित पार्टी वा भातृ संस्थामा सदस्यताको प्रकार ?
अ) साधारण सदस्यता
आ) कृयाशिल/सक्रिय सदस्यता
इ) कार्यकारिणी समितीमा रहेको
१५) जवानीमा मानव श्रोत, पसिना र श्रमको योगदान ?
अ) तेश्रो बिश्वमा (अमेरिका, युरोप, अष्ट्रेलिया आदि)
आ) भारत, चीन, सार्क र मध्यपुर्बी (खाँडी) मुलुक
इ) स्वदेश (नेपाल) मै संघर्ष गरेको
१६) सामाजिक संघ संस्थामा आवद्धता (जातीय, बर्गीय, पेशागत, धार्मिक र साम्प्रदायिक बाहेक)
अ) कहिँ छैन
आ) कुनै १ मा
इ) एकभन्दा बढीमा

(श्रोतः ईश्वर राज पन्थको फेसबुक)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्