(तस्विरः सांकेतिक)
तनहूँ । व्यास नगरपालिका वडा नं. १० बैरेनीमा जग्गा विकास गर्न सरकारबाट स्विकृत भएको नगरपालिकाले जनाएको छ । व्यास नगरपालिका वडा नंं १० बोटे गाँउ, बैरेनी र आसपासका क्षेत्रको जग्गा एकीकरण गरेर विकास गर्नका लागि बैरेनी जग्गा एकीकरण आयोजनालाई नेपाल सरकार सहरी विकास मन्त्रालयले स्वीकृति प्रदान गरेको व्यासनगरपालिकाले जनाएको छ ।
सहरी विकास मन्त्रालयले सोमबारको राजपत्रमा सूचना प्रकाशित गरि स्वीकृति प्रदान गरेको सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभएको छ । । यससगै उक्त क्षेत्रमा जग्गा एकिकरण गरी बस्ती विकास गर्न बाटो खुलेको छ ।
नगरपालिकाका अनुसार झण्डै १५ सय रोपनीको सम्भाव्यता अध्ययन गरे पछि पहिलो चरणमा २६१ रोपनीमा कार्यक्रम अघि बढ्ने छ । आयोजना अन्तर्गत व्यासको ११ रानीगाउँमा ११२६ रोपनीको सम्भाव्यता अध्ययन र व्यासको वडा नं. ६ शिशाघाटमा नयाँ शहर अवधारणा सम्बन्धी प्रस्ताव नगर विकास कोषमार्फत सहरी विकास विभागमा अगाडि बढाइएको पनि बताईएको छ ।








