भक्तपुरमा अचेत अवस्थामा फेला परेका २ जनाको मृत्यु

  • ख-
  • ख+

भक्तपुरमा अचेत अवस्थामा फेला परेका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा उदयपुर घर भई मध्यपुर ठिमी नगरपालिका-२ बस्ने ४० वर्षीय गणेश मगर, उदयपुर कटारी(९ का ३५ वर्षीय सुरज तामाङ छन्।

नाम थर नखुलेका अर्का एक व्यक्तिको शव खोलामा फेला परेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार मगर ट्वाइलेटमा शुक्रबार बिहान राति सवा २ बजे अचेत अवस्थामा फेला परेका थिए।

श्रीमती र स्थानीयले मगरलाई कोरियन अस्पतालमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको परिसरले जनाएको छ। महानगरीय प्रहरी वृत्त ठिमीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

परिसर प्रमुख प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार बिहान साढे ५ बजे उदयपुर कटारी(९ का ३५ वर्षीय सुरज तामाङ मध्यपुर ठिमी नगरपालिका-२ दिव्यश्वरी प्लानिङ हलेसी मार्ट पछाडि अचेत अवस्थामा फेला परेका थिए।

घोप्टो परेको अवस्थामा अचेत फेला परेका उनलाई कोरियन अस्पताल लगिएकोमा पौने ७ बजे मृत्यु भएको श्रेष्ठले बताए। ठिमी वृत्तको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

शनिबार नै बिहान सवा ७ बजे सूर्यविनायक नगरपालिका-९ नङखेलस्थित भाराली खोलामा एक पुरूषको शव फेला परेको छ।

करिब ४४/४५ वर्षको देखिने गोरो वर्ण र उचाइ ५ फिट भएका ती पुरूषको नाम थर खुलेको छैन। महानगरीय प्रहरी वृत्त जगातीको टोलीले शवबारे अनुसन्धान गरिरहेको छ । (सेतोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?