जलिल मिया मुस्लिम इत्तेहाद संगठन भानु नगरको अध्यक्ष चयन

  • ख-
  • ख+

अजिमा खातुन । तनहूँ । भानु नगरपालिकामा पहिलोपटक नेपाल मुस्लिम इत्तेहाद संगठन गठन गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी एमाले भानु नगर कमिटीको एक भेला कार्यक्रमका बीच ३१ सदस्यीय समिति गठन गरिएको हो।

संगठनका अध्यक्षमा जलालदिन मिया (जलिल मिया), उपाध्यक्षमा सर्फुदिन मिया, सचीवमा अजिमा खातुन, उप सचीवमा रफिक मिया र इस्लाम मिया चयन भएका छन्। कार्यक्रममा गण्डकी प्रदेश सदस्य राम बहादुर गुरुङ, नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रिय सदस्य मोहम्मद सुलेमान मिया, नेकपा एमाले जिल्ला कमिटी सदस्यहरु,नेकपा एमाले भानु नगर कमिटीका अध्यक्षका साथै विभिन्न वडा कमिटीका अध्यक्षहरुको उपस्थिती रहेकोे थियोे।

त्यसैगरी, कार्यक्रममा भानु नगरपालिका नेकपा एमाले भु.पु सैनिक संगठन पनि गठन गरिएको छ। १३ सदस्यीय समितिको अध्यक्षमा हरिचन्द्र अधिकारी, उपाध्यक्षमा याम बहादुर गुरुङ, सचिवमा लोक बहादुर थापा र उपसचिवमा हरि बहादुर भुजेल चयन भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?