व्यास १० मा १ करोड रुपैया लागतको नगर अस्पतालको सिलन्यास

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिकाको वडा नं. १० दुम्सीबजारमा २५ वेड क्षमताको नगर अस्पताल सञ्चालन गरिने भएको छ । उक्त अस्पताल करिब १ करोड रुपैयांको लागतमा निर्माण सम्पन्न हुनेछ । १ करोड ५६ लाखको लागत इष्टमट गरिएकोमा क्वालिटि इन्द्रावति कन्सट्रक्सन एण्ड सप्लायर्स प्रा. लि. ले ९० लाखमा टेण्डर पारेको हो । सो अस्पताल भवनको शुक्रबार शिलन्यास गर्दै नेपाल सरकारका पुर्व सभामुख रामचन्द्र पौडेलले अस्पतालको निर्माणले स्वास्थ्य क्षेत्रमा फड्को मार्ने बताउनुभयो । सडकको विकाससंगै शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रको विकास अहिलेको आवश्यकता भएको चर्चा गर्दै पौडेलले विकासका लागि कोहि पनि बाधक बन्न नहुने बताउनुभयो । वडा नं १० का वडाध्यक्ष तुलसीराम सापकोटाको सभापतित्वमा भएको अस्पताल भवन शिलन्यास कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, जिल्ला समन्वय समिति तनहूँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपाने, पुर्व नगर प्रमुख ताराप्रसाद श्रेष्ठ र उप- प्रमुख मीरा जोशी लगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो । भवन निर्माण कार्य ८ महिना भित्र सम्पन्न हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?