तनहूँ । नेकपा एमालेको भातृसंस्था राष्ट्रिय युवा संघ नेपालको तनहूँको देवघाट गाँउपालिका वडा कमिटि गठन गरिएको छ । संघको शनिवार सम्पन्न कार्यक्रमले शेर बहादुर गुरुङलाई अध्यक्ष चयन गरेको छ साथै उक्त कार्यक्रमले गुरूङको अध्यक्षतामा २३ सदस्यीय युवा संघ नेपाल देवघाट ५ वडा कमिटि सर्वसम्मत चयन गरेको छ ।
प्रमुख अतिथि राष्ट्रिय युवा संघ नेपाल तनहूँ जिल्लाका अध्यक्ष मदन तिमिल्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि तिमल्सेनाले राष्ट्रिय युवा संघको स्थापना देश र समाजको भलाईको सोचका साथ स्थापना भएकोले युवापुस्ताहरूको हकहित र समाजमा केही परिवर्तन गराउनको लागि सबै लाग्नुपर्ने बताउनुभएको थियो । साथै उहाँले स्थानिय निर्वाचन आईरहेकोले सबै युवाहरु जागेर देशलाई समृद्ध नेपाल बनाउने अठोट लिएको पार्टीलाई जिताउनुपर्ने बताउनुभएको थियो ।
राष्ट्रिय युवा संघ नेपाल देवघाटका संयोजक सुकु गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य बाबुराम अधिकारी, नेकपा एमाले देवघाट गाउँपालिकाका अध्यक्ष केशवचन्द्र न्यौपाने, नेकपा एमाले जिल्ला सदस्य शिवराज पौडेल, ठाकुर कुमारी काफ्ले, नेकपा एमाले वडा नम्बर ५ का अध्यक्ष गणेश थापा, अखिल नेपाल महिला संघ देवघाटका अध्यक्ष सावित्री न्यौपाने, राष्ट्रिय युवा संघ नेपाल पुर्व केन्द्रीय सदस्य सान श्रेष्ठ, उद्योग वाणिज्य संघ देवघाटका अध्यक्ष रोसन श्रेष्ठ, देवघाट अनेरास्ववियुका इन्चार्ज डा. सम्राट अधिकारी र संयोजक समिर गुरूङ लगाएतले मन्तव्य राख्नुभएका थियो ।









