व्यास १० की अनामिका सापकोटाद्धारा लिखित नाटक सक्षम छात्रा पोखरामा मञ्चन

  • ख-
  • ख+

वलपुरको देवचुली नगरपालिका १७ फारममा रहेको बरचुली माध्यमिक विद्यालयले तयार पारेको नाटक सक्षम छात्रा पोखरास्थित गन्धर्व नाटक घर (पोखरा थिएटर) मा शुक्रवार मञ्चन गरिएको छ।

नाटक सक्षम छात्रा पोखरा थिएटरले आयोजना गरेको दोश्रो गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव २०७८ का लागि नवलपुरबाट उत्कृष्टमा पर्न सफल मध्येको एक नाटक हो।
पोखरा थिएटरले नाटक महोत्सवका लागि गण्डकी प्रदेशका ८ जिल्लाबाट १२ नाटक छनोट गरेको थियो। छनोटमा परेको बरचुली माध्यमिक विद्यालयले शिक्षकबाट हिंसामा परेकी छात्राको विषय उठान गरेको थियो। जसको कथा अनामिका सापकोटाले लेख्नुभएको थियो भने नाटकको निर्देशन कमला कंडेलले गर्नुभएको थियो।
नाटकमा निर्मल गौतम (कक्षा ९), सलिना केसि (कक्षा ९), एलिसा परियार (कक्षा ८), बिजया शर्मा (कक्षा ७), लक्ष्मी पौडेल (कक्षा ७) र हिरा सुवेदी (कक्षा ७) ले अभिनय गर्नुभएको थियो। नाटक मञ्चन पछि आफ्ना भनाई राख्नुहुँदै विद्यालयका प्रधानाध्यापक चन्द्रदेव तिवारीले विद्यार्थीको रंगमञ्चिए प्रतिभा प्रस्फुटन गराउन पाउँदा निकै खुसी लागेको बताउँदै आगामी दिनमा नाट्य क्षेत्रमा बरचुली माध्यमिक विद्यालयलाई अझै अगाडी लैजाने प्रतिवद्धता ब्यक्त गर्नुभयो।
नवलपुर जिल्लाबाट नाटक महोत्सवमा कुमारी निजि शैक्षिक गुठी हसौराको ूहराएको खुसीू र त्रिभुवन बाल माध्यमिक विद्यालय ढोकीको जिम्मेवार को ? पनि मञ्चन गरिने महोत्सव निर्देशक परिवर्तनले बताउनुभयो। फाल्गुन १३ गतेबाट सुरु भएको महोत्सव फाल्गुन १६ गते सम्म चल्नेछ। महोत्सवमा हरेक दिन ३र३ नाटक मञ्चन हुनेछ। (ह्याप्पी टाईम्स् )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?