दमौलीमा भएको आगलागीको घटनाप्रति नेकपा एमालेद्धारा दुःख व्यक्त

  • ख-
  • ख+

तनहूँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कार्यालय, तनहूँले आईतवार तनहूँको दमौलीमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेको छ । नेकपा एकाले तनहूँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै यस दुखद् घडिमा सवै राजनैतिक दलसँग आवद्ध व्यक्तिहरु, नगरवासी महानुभावहरु, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, व्यास नपाको दमकल प्राविधिक, पोखरा देखी समयमा आएर उत्कृष्ठ रुपमा कार्यसम्पादन गरेको वारुणयन्त्र र काठमाण्डौवाट आएको हेलिकप्टरको सहयोगले त्यो भीषण आगजनीलाई नियन्त्रणमा लिन सफलता प्राप्त गरी थप क्षति हुनवाट जोगिन सफल भएकोमा सबैलाई धन्यवाद दिनुभएको छ ।
प्रेस विज्ञप्ति

हिजो मिती २०७८ फाल्गुण २२ गते आइतवारका दिन तनहुँ जिल्लाको सदरमुकाम दमौली वजारमा अकल्पनीय विध्वंशकारी आगजनी व्यहोर्नु परेको र त्यसवाट  भौतिक सम्पतिको ठूलो क्षति हुन पुगेकोले सो दिन कालो दिनको रुपमा परिणत हुनपुग्यो । पृथ्वी राजमार्ग अन्तर्गत व्यास नपा ४ दमौली वजार स्थित भुपाल हार्डवयरवाट विद्युत लाइनको कारणवाट आगजनी शुरु भई भुपाल हार्डवयर, ज्योति हार्डवयर, तनहुँसुर मिनी मार्केटका पसल र त्यससँग जोडिएर रहेका घरहरु क्षतिग्रस्त हुनुका साथै ती घरहरुमा डेरा गरी वस्ने डेरावालहरुको समेत ठूलो क्षति हुन पुगेकोमा हाम्रो पार्टी नेकपा (एमाले) गहिरो दुःख व्यक्त गर्दछ । 
यस दुखद् घडिमा सवै राजनैतिक दलसँग आवद्ध व्यक्तिहरु, नगरवासी महानुभावहरु, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, व्यास नपाको दमकल प्राविधिक, पोखरा देखी समयमा आएर उत्कृष्ठ रुपमा कार्यसम्पादन गरेको वारुणयन्त्र र काठमाण्डौवाट आएको हेलिकप्टरको सहयोगले त्यो भीषण आगजनीलाई नियन्त्रणमा लिन सफलता प्राप्त गरी थप क्षति हुनवाट जोगिन सफल भयो । यस दुखद् दुर्घटनामा सवैभन्दा नजिक रहेको व्यास नपाको अग्नि नियन्त्रक यन्त्र समयमा आई नपुग्नु, दक्ष जनशक्ति उपलव्ध नहुनु दुखद् कुरा हो । दक्ष प्राविधिकयुक्त प्रविधिहरु तयारी अवस्थामा राख्न तुरुन्तै पहलकदमीका लागी सवै सरोकारवालाको ध्यान आकृष्ट गराउन चाहान्छौ । साथै यत्रो भयाभह अग्नि नियन्त्रणको सफलताको विषयलाई लिएर केही राजनैतिक दलहरुले राजनिती भाषामा जस लिन प्रतिस्पर्धा गर्नु आफैमा हास्यास्पद र लज्जास्पद कार्य हो । यो विषम परिस्थितीमा राजनैतिक भाषा, शैली देखाउन सान्र्दभिक हुने थिएन । 
यस दुखद् घटना पाश्चात् हाम्रो पार्टी नेकपा (एमाले) स्थायी कमिटीका सदस्य एवं पुूर्वमन्त्री माननीय किरण गुरुङ्ग, केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य माननीय भगवती न्यौपाने, गण्डकी प्रदेश सदस्य माननीय राम वहादुर गुरुङ्ग, जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, जिल्ला पदाधिकारी एवं सदस्यहरु समेतको टोलीले दुर्घटनाको स्थलगत निरीक्षण गरी पीडित पक्ष सँग भेट गरी सान्त्वना दिने काम गरियो । 
अन्तमा, यस विपद्को घडिमा विध्वंशकारी आगजनीका कारण ठूलो क्षति व्यहोर्न विवश भुपाल हार्डवयर, ज्योती हार्डवयर, तनहुँसुर मिनी मार्केट, छिमेकी घरधनिहरु र क्षतिग्रस्त घरमा डेरा गरी वस्ने महानुभावहरुले व्यहोर्नु परेको नोक्सानको उचित मूल्यांकन गरी क्षतिपूर्ति व्यवस्थापनका लागि जिल्लावाट राष्ट्रिय राजनैतिक दल, नागरिक समाज, उद्योग वाणिज्य संघ, जनप्रतिनिधीहरुका साथै सरोकारवालाहरुको समिति गठन गराई यथासक्य चाँडो उचित क्षतिपूर्तिको व्यवस्थाको लागी हाम्रो पार्टी नेकपा (एमाले) जोडदार माग गर्दछ । 

श्रीप्रसाद श्रेष्ठ
अध्यक्ष

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?