अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बन्दिपुरमा वक्तृत्वकला कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

तनहूँ । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बन्दिपुरमा वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । बन्दिपुर गाउँपालिकाको आयोजनामा रुम टु रिड तनहूँ र राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेशको सह आयोजनामा उक्त कार्यक्रम भएको थियो । बन्दिपुर गाँउपालिकाकी कार्यपालिका सदस्य सावित्री दवाडीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मुल नारा सामाजिक न्याय र लैङ्गिक समानताः दिगो बिकासको सुनिश्चितता विषयमा वतृत्वकला कार्यक्रम भएको थियो । उक्त प्रतियोगितामा बन्दिपुर ३ सेराटारकी बिशु कुमाल प्रथम, बन्दिपुर ६ हूस्लागंकी मनिषा थापा दोश्रो , बन्दिपुर १ पिप्लेकी सन्जु शर्मा र बन्दिपुर ६ धरमपानीकी तारा थापा चौथो हुनुभएको थियो । प्रतियोगितामा विजयी प्रथमलाई ७ हजार बराबरको सामाग्री, दोश्रोलाई ५ हजार बराबरको सामाग्री, तेश्रोलाई ३ हजार बराबरको सामाग्री र चौथोलाई १ हजार बराबरको सामाग्री कार्यक्रमकी प्रमुख अतिथि बन्दिपुर गाँउपालिकाकी उपाध्यक्ष करुणा गुरुगं लगायतका अतिथिहरुले हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बन्दिपुर गाँउपालिकाकी उपाध्यक्ष करुणा गुरुगं लगायत अन्य अतिथिहरुले महिला दिवसको अवसरमा गरिएको कार्यक्रमले महिलाहरुको बिकासको लागि टेवा पुर्याउने काम गरोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग पोखराका प्रमुख चन्द्रकान्त चापागाई, रामदत्त भट्ट, बन्दिपुर ५ का अध्यक्ष धु्रवप्रसाद लामिछाने, बन्दिपुर २ का अध्यक्ष कृष्णप्रसाद लामिछाने, गोर्वद्धन भट्टराई, कल्पना पौडेल, शान्ति कुवर, सविना ढकाल र रुम टु रिड दमौलीकी मन्जु लोहनी लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?