टिम नेपो तनहूँद्धारा व्यास ६ मा निः शुल्क स्वास्थ्य शिविर संचालन

  • ख-
  • ख+

तनहूँ । टिम नेपो तनहूँले व्यास नगरपालिका वडा नं. ६, साझामा रहेको श्री रत्नज्योति आधारभुत विद्यालयमा शनिवार वृहत स्वास्थ्य एवं आँखा शिविर कार्यक्रम संचालन गरेको छ ।
टिम नेपो तनहूँका वर्तमान अध्यक्ष मीन बहादुर कुवरको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि सोहि वडाका अध्यक्ष सूर्यभक्त भण्डारी रहनुभएको थियो । उक्त अवसरमा वडा अध्उक्ष भण्डारीले टिम नेपो तनहूँले आफ्नो वडामा आएर निः शुल्क स्वास्थ्य तथा आँखा शिविर संचालन गर्नु सानो कुरा नभएको बताउनुभएको थियो साथै उहाँले आवश्यकतालाई मध्यनजर गरेर स्वस्थ्य शिविर संचालन गरेकोमा धन्यवाद दिनुका साथै यस्तै असल कार्यहरु गर्न शुभकामना पनि दिनुभएको थियो ।
संचालन टिम नेपो तनहूँका कोषाध्यक्ष रमेश नेपालीले संचालन गरेको कार्यक्रममा अतिथि कुमार गुरूङले शुभकामना मन्तव्य दिदै टिम नेपो तनहूँले विभिन्न क्षेत्रमा काम गर्दै आएको सुनेको तर आज आफ्नै वडामा स्वास्थ्य शिविर संचालन गरको देख्न पाउँदा आफु सहित सम्पूर्ण साझा निवासीहरू निकै नै खुसी भएको बताउनुभएको थियो ।
उक्त स्वास्थ्य शिविरमा ब्लड प्रेसर, ब्लड, सुगर ग्रुप र आँखा जाँच सम्बन्धि निः शुल्क चेक जाँच तथा औषधि वितरण गर्नुका साथै महिलाहरूका लागि आवश्यक पर्ने सेनिटरिप्याड वितरण गरिएको थियो ।
उक्त स्वास्थ्य शिविरमा १५० जना स्वास्थ्य जाँच र १०० जना आँखा जाँच गरिएको टिम नेपो तनहूँले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?