नेपालकै नमुना जेष्ठ नागरिक आवास गृह कीर्तिपुरमा बन्दै

  • ख-
  • ख+

आरजु पौडेल । कीर्तिपुर, काठमाण्डौ । कीर्तिपुर नगरपालिका वडा नं. ९ चोभारगेटमा ५८ कोठाको शान्ति सुद्धम्मवासा जेष्ठ नागरिक आवास गृह निर्माण हुन लागेको छ । उक्त आवास गृहको प्रधानमन्त्री के पि ओलिबाट यहि मंसिर २३ गते मंगलवारका दिन १२.३० बजे शिलन्यास गर्ने कार्यक्रम रहेको छ ।
सुरक्षण कीर्ति विहारकी संरक्षक भिक्षुणी डक्टर अनोजा गुरुमाको पहलमा बन्न लागेको भवन अत्याधुनिक हुने र यस भवनमा बृद्ध उमेर पुगेका मानिसहरु बस्न सक्ने भिक्षुणी डक्टर अनोजा गुरुमाँको भनाई रहेको छ ।
देश विदेशमा जाँदा मानिसहरु सम्पत्ति भएर पनि सन्तानहरुले नहेर्दा बिचल्ली भएको देख्यौ र त्यस्ता मानिसहरुलाई पनि व्यवस्थापन गर्नको लागि हामीले यस्तो योजना शुरु गरका हौ यस्मा मानिसहरुले आफुले सिमित लगानी गरेर आफ्नो लागि कोठा पनि बनाउन सक्ने र १० प्रतिशत निः शुल्क असहाय तथा गरिबको लागि छुट्याउने वहाँको भनाई रहेको छ ।
त्यहाँ बस्ने बृद्धबृद्धको स्वास्थ्यलाई ख्याल राख्दै अत्याधुनिक शैलीमा निर्माण हुने भवन नेपालकै लागि नमुना भवन हुने पनि वहाँको दावी छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्