दुवै मृर्गौला पिडितलाई युएईबाट चित्र गुरुङ्गको सहयोग

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. १४ केशबटार जन्मस्थान भई हाल व्यास नगरपालिका वडा नं. १ हाईस्कुलटारका बासिन्दा चित्रबहादुर गुरुङ्गले व्यास नगरपालिका वडा नं. १ की दुबै मृगौला फेल हुनु भएकी आशमाया तमाङ्गको उपचारको लागि रु ३ तीन हजार रुपैया आर्थिक सहयोग गर्नु भएको छ ।
सामाजिक संजाल तथा अन्य माध्यमबाट आफ्नो ठाँउकी आशमाया तमाङ्गको दुवै मृर्गौला फेल भएको थाहा पाएर थोरै भने पनि सहयोग होस् भन्ने हिसावले प्राथमिक सहयोग गरेको र वहाँको लागि अझै सहयोग गर्ने ईच्छा रहेको वहाँको भनाई रहेको छ ।
यसभन्दा अगाडि पनि विभिन्न स्थानहरुमा सहयोग गरिरहनुभएका गुरुङ्ग हाल युनाईटेड अरब ईमिरेट्समा आजमान स्टेटको आजमान सिटीमा कार्यरत हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्