खाना नबनाएको झोकमा श्रीमतीको हत्या

  • ख-
  • ख+

कास्की । ४२ वर्षीया हरिमाया पुनको धारिलो हतियार बञ्चरो प्रहार गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका वडा नं. ३३ उपल्लो पुँडी बस्ने पर्वत जलजला गाउँपालिका वडा नं. ७ धाइरिङका ५० वर्षीय गमबहादुर पुनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो। हरिमाया उनकी श्रीमती हुन् ।

हरिमायाको आफ्नै सुत्ने कोठामा शव फेला परेको थियो । घटनाको अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न हरिमायका श्रीमान् गमबहादुरलाई पोखरा महानगरपालिका वडा नं. ३३ लामगादीबाट पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताउनुभयो । पोखरामा डेरा गरी बस्ने पुनले श्रीमतीलाई राति पौने ८ बजे बञ्चरो प्रहार गरेर कोठाबाट निस्केर भागेको बताएको प्रहरीले जनाएको छ।

खाना नबनाएको विषयमा आपसमा झगडा हुँदा गमबहादुरले श्रीमतीलाई बञ्चरो प्रहार गरेको अनुसन्धानबाट खुलेको छ।
गमबहादुर उपर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको छ । मृतक हरिमायाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पोखरामा राखिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्