तनहुँ । अमेरिकन आर्मी श्यामकुमार बिष्टद्वारा मृगौला रोगी कृष्ण न्यौपानेलाई ५ हजार रुपैया सहयोग गरेका छन् । व्यास नगरपालिका १० डिहीकुना घरभई हाल अमेरिकाको आर्मीका रुपमा कार्यरत बिष्टले शरिरमा भएको एउटा मृगौला बिग्रिएर उपचारमा आर्थिक अभाव झेलिरहेका कृष्ण न्यौपानेलाई उक्त रकमसहयोग गरेका हुन् । व्यास १० सेवरका न्यौपाने बालक कालमै आमा बुबा गुमाएका र हाल मृगौला रोगी भएपश्चात मृगौला प्रत्यारोपण गर्नको लागि आर्थिक अभाव झेलिरहेका छन् ।













