तनहुँ । व्यास नगरपालिका वडा नं. २ दमौली बजारको गण्डकी हार्डवेयरका संचालक अन्जनकुमार श्रेष्ठले मृगौला रोगी कृष्ण न्यौपानेलाई उपचारका लागि सहयोग गरेका छन् । श्रेष्ठले शरिरमा भएको एउटा मृर्गौला खराब भएर उपचारमा आर्थिक अभाव भएका व्यास १० का न्यौपानेलाई ५ हजार ५ सय रुपैया सहयोग गरेका हुन् ।
निम्न आर्थिक अवस्था भएका, आमा र बुबा दुवै नभएका कृष्ण न्यौपाने रकमको अभावमा मृगौला प्रत्यारोपण गर्न नसकेको सुनेर आफुले सहयोग गरेको श्रेष्ठले बताएका छन् ।
व्यास १० का २७ बर्षिय न्यौपानेलाई हप्ताको २ पटक डायलासिस गर्ने जाँदा लाग्ने यातायात, औषधी खरिद लगायतका अन्य खर्च जुटाउन पनि धौ धौ भईरहेकोले निजलाई सहयोग गर्न चाहने महानुभावहरुले कृष्ण न्यौपानेको खातामा पैसा जम्मा गरि आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।