तनहुँ । अष्ट्रेलियामा रहेकी ईक्षा बरुवालले गरिन् मृगौला रोगी कृष्ण न्यौपानेलाई आर्थिक सहयोग गरेकी छन् । अध्ययनको लागि अष्ट्रेलियामा रहेकी बरुवालले शरिरमा भएको एउटामात्र मृगौला खराब भएर उपचारमा आर्थिक अभाव बेहोरिरहेका न्यौपानेलाई ५ हजार रुपैया सहयोग गरेकी हुन् । आफ्नो गाउँठाउँको दाजुभाईको मृगौला खराब भएर उपचार गर्न आर्थिक समस्या परिरहेको खबर सुनेर सहयोग गरेको वरुवालले बताएकी छन् ।
व्यास १० का निम्न आर्थिक अवस्था भएका, आमा र बुबा दुवै नभएका २७ बर्षिय कृष्ण न्यौपाने रकमको अभावमा मृगौला प्रत्यारोपण गर्न सकिरहेका छैनन् । उन्को जिवन रषाको लागि सहयोगको अभियानमा मनकारी महानुभावहरुले आर्थिक सहयोग गरिरहनुभएको छ ।













