एकबिहानै भएको सवारी दुर्घटनामा पौडेलको मृत्यु

  • ख-
  • ख+

तनहूँ । तनहुँको आँबुखैरेनी बजार चोकमा एकाबिहानै मोटरसाईकल दुर्घटना भएको छ।

दुर्घटना परि मोटरसाईकल चालक सामान्य घाईते भएको र पछाडि बस्ने एक जना महिलाको घटना स्थलमै मृत्यु भएको छ ।

मुग्लिनबाट पोखरातर्फ जादै गरेको भारतीय नम्बर प्लेट भएको एनएल ०१ एन २९८६ ग्याँस बुलेटलाई ओभरटेक गर्ने क्रममा गोरखाबाट मुग्लिनतर्फ आउदै गरेको ग ३ च २०८४ नंम्बरको निजी कारसँग ना १९ प ९२४ नंम्बरको मोटरसाईकल ठक्कर खादा सो दुर्घटना भएको हो ।

प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार एन एल ०२ एन २९८६ नम्बरको ग्यास बुलेटले ना.१९ प ९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको र उक्त मोटरसाइकल ग ३ च २०८४ नम्बरको कारमा गएर ठोकिएको थियो ।

ग्यास बुलेट चालक भारत बिहार प्रदेश पूजारा जिल्ला बस्ने बर्ष ३० को पंकज कुमारलाई प्रहरीले नियन्त्रणमा दिएको छ । मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका वडा नं ४ का ५१ वर्षीय युवराज घिमिरे घाइते छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

उक्त दुर्घटनामा कार चालक स्याङजा, चापाकोट ८ बगैचाका ३७ वर्षीय श्रीराम घिमिरे सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुने लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ६ भोर्लेटार निवासी अन्बेषा पौडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ । प्रहरीका अनुसार पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्