सबै भए
सबै गए
सधैं
एक्लै
निष्ठाको भारी कति बोक्छस ए !
अब
तँ पनि जा
अब
तँ पनि खा
किनकी
यहाँ
खानेहरुकै चर्चा छ
यहाँ
जानेहरुकै चर्चा छ
शहरका
भित्ताहरुमा हेर् त
शहरका
भित्ताहरुमा हेर् त
त्यहाँ
खानेहरुकै पर्चा छ
त्यहाँ
जानेहरुकै पर्चा छ ।
रटान छोड अब नैतिकताको
रटान छोड अब नैतिकताको
बजार अनुकुल हुन सिक्
के नै राख्या छ र
चौअन्नीमा
हजार अनुकुल हुन सिक्
फोहोर गर्नेहरु तेरा आफन्त
फोहोर गर्नेहरु तेरा आफन्त
अब
आफन्त अनुकुल हुन सिक्
दबाएर राखेको
तँ भित्रको फट्याईपन
अलिकति होईन पुरै झिक्
भाषा यौटा होईन महाशय
अब
दुईटा भाषा बोल्न सिक्
किनकी
यहाँ
दोभाषेहरुकै चर्चा छ
यहाँ
दोभाषेहरुकै पर्चा छ ।
नाक कान आँखा
राख गोजीमा
विवेक राख बन्धकी
नाक कान आँखा
राख गोजीमा
विवेक राख बन्धकी
भो छोड अब
आदर्शका गफ
भो अब धेरै नभौंतारी
साधुहरु
शास्त्रार्थ गर्दैन्न आजकल त्यहाँ
आजकल
वातानुकुलित हुनेहरुकै भयो त्यो चौतारी
साधुहरु
बस्दैनन आजकल त्यहाँ
आजकल
वातानुकुलित हुनेहरुकै हो त्यो चौतारी ।।
धन्यवाद ।
जय होस ।।
बिजय जोशी, खैरेनीटार, तनहुँ ।








