तनहूँमा कृषि उपज उत्पादक र व्यापारीबिच अन्र्तक्रिया गोष्ठि सम्पन्न

  • ख-
  • ख+

तनहूँ । कृषि बिकास निर्देशनालय गण्डकी प्रदेश पोखराको आयोजनामा बुधवार तनहूँँको दमौलीमा १ दिने कृषि उपज उत्पादक र व्यापारीबिच अन्र्तक्रिया गोष्ठिको आयोजना गरियो ।
कृषि अर्थ विज्ञ शशि अधिकारीले सहजिकरण गरेको गोष्ठिमा कृषि ज्ञान केन्द्र तनहूँका प्रमुख कुलप्रसाद तिवारी, कृषि बिकास निर्देशनालयका अधिकृत विश्व प्रकाश ओझा, प्रशासन अधिकृत ढाकाप्रसाद शर्मा, जया पौडेल, ४० जना कृषक, पातलो संख्यामा व्यापारीहरु र संचारकर्मीहरुको सहभागिता रहको थियो ।
उक्त अवसरमा वित्र शशि अधिकारीले कृषकहरुले आफ्नो उत्पादन बढाउन र बजारमा पुर्याएर बिक्री गर्ने बारेमा बिचार गरेर उत्पादन गर्न जोड दिनुभएको थियो । ज्ञान केन्द्र तनहूँका प्रमुख कुलप्रसाद तिवारीले आफ्नो प्रस्तुति पेश गर्दै किसानहरुले परम्परागतभन्दा आधुनिक खेति किसान तर्फ लाग्नुपर्ने बताउन’भएको थियो । वहाँले किसानहरुलाई विभिन्न स्थानका किसानहरुको मेहनत तस्विर मार्फत देखाउदै काम गर्न मेहनत गरेर मात्र नहुने र तरकारी लगाउदा कुन समयमा कुनप्रकारका तरकारी , कुन स्थानमा कस्तो प्रकारको तरकारी लगाउदा फाईदा पुग्छ त्यसतर्फ ध्यान दिएर तरकारी खेति, फलफुल खेति गरे बजारबाट फाईदा लिन सकिने र यसभन्दा अगाडि घर आँगनमा पुगेर समस्या सुन्ने गरेकोमा आज यहि समस्या सुन्ने बताउनुभएको थियो ।

गोष्ठिमा मौरीपालक कृषक, तरकारी खेति लगाउने कृषक, केरा खेति लगाउने कृषक, बिउ विजन उत्पादन गर्ने कृषकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी अधिकांशले जिल्लाका किसानहरुको आवश्यकता अनुसार जिल्लामा उत्पादित वस्तुहरु जिल्लामा नै उचित मुल्यमा बिक्रि वितरण हुने व्यवस्था मिलाउन माग गर्नु भएको थियो । वहाँहरुको कुरालाई सम्बोधन गर्दै ज्ञान केन्द्र तनहूँका प्रमुख कुलप्रसाद तिवारीले जिल्लाका विभिन्न स्थानहरुमा हाट बजार लगाएर हुन्छ कि कृषकहरुको सहकारी संस्थापना गरेर हुन्छ कृषकहरुका समस्या समाधान गर्न सधै तत्पर हरेको र त्यसै अनुरुप कार्य गरिरहेको बताउनुभएको थियो ।
(भिडियो सहित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्