काठमाडौँ । नवलपरासीको मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा बोलेरो पिकअप र ट्र्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

हिजो राति ९ बजेतिर लु२च ८९९७ नम्बरको बोलेरो पिकअप र अर्को दिशाबाट आइरहेको लु२त २४१७ नम्बरको ट्र्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा बोलेरोमा सवार विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको उपचारका क्रममा राति १०ः३५ बजे मृत्यु भएको हो ।

दुर्घटनामा १३ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।