देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू

सर्वज्योति
  • ख-
  • ख+

१७ वैशाख । काठमाडौं । सरकारले देशभरका अतिक्रमित जग्गामा बनेका संरचना हटाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा सर्कुलर जारी गरेको छ ।

गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई पत्र पठाउँदै सम्बन्धित निकायको सहयोग र समन्वयमा जिल्लामा रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी उक्त जग्गाहरूमा रहेको अतिक्रमण हटाउने योजना सम्बन्धित निकायबाट माग गरी मन्त्रालयमा पठाउन पनि भनेको छ ।

यसअघि चैत २० मै गृहले पत्रमार्फत परिपत्र गरिएको थियो ।

हिजो (बुधबार) सचिवस्तरीय निर्णय गर्दै अतिक्रमण हटाउने कार्यका लागि सुरक्षा प्रबन्ध लगायतका आवश्यक सहजीकरण गर्न अनुरोध गरिएको छ ।

सरकारले अतिक्रमित संरचना हटाउने कार्यले तिव्रता दिइरहेको छ । शुक्रबारबाट काठमाडौंका सबै नदी किनारमा बनेका अतिक्रमित संरचना हटाइँदैछ ।

बिहीबार काठमाडौंका ती क्षेत्रमा माइकिङ भइरहेको छ ।
साभारः अनलाईन खबर

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?