राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति सामु राष्ट्रिय गौरवका आयोजनाहरुले प्रस्तुत गदैछन् प्रगति विवरण

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको अवस्था, ढिलाइका कारण तथा देखिएका समस्याबारे अध्ययन गर्न पर्वाधार विकास समितिद्धारा गठन गरिएको राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति सामु विभिन्न राष्ट्रिय गौरवका आयोजनाले आफ्नो प्रस्तुति पेश गरेका छन् ।

सिंहदरबारस्थित उपसमितिको कार्यालयमा उपसमितिका संयोजक ई. श्रीराम न्यौपानेको नेतृत्वमा बैशाष २२ गतेदेखि भएको प्रस्तुतिकरणमा बैशाष २२ गते मंगल बबई सिँचाइ आयोजना,महाकाली सिँचाइ आयोजना (तेस्रो चरण), भेरी बबई डाईभर्सन आयोजना, बैशाष २३ गते बुधवार मेलम्ची खानेपानी आयोजना, हुलाकी मोटर मार्ग र बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना, बैशाष २४ गते बिहिवारका दिन रेल मेट्रोरेल तथा मोनोरल बिकास आयोजना, उत्तर दक्षिणा कोशी र कालीगण्डकीर कर्णाली कोरिडोर आयोजना र काठमाडौं तराईरमधेश द्रुत मार्ग प्रमुख तथा सम्बन्धित पदाधिकारीहरुले आयोजनाका प्रस्तावित कार्यक्रमहरु, लागत बजेट, उख्लेख प्रगति हुन नसक्नुका कारण प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा अयोजना प्रमुखहरुले आयोजनाको प्रगति विवरण, आयोजनामा आईपरेका समस्या, समाधानका उपाय, आगामी कार्यक्रम पेश गरेका थिए ।
राष्ट्रिय गौरवका आयोजना नामाकरण गरिएका प्रत्येक आयोजनामा लागत बढ्ने, समयमै सम्पन्न हुन नसक्ने, गुणस्तरिय निर्माण हुन नसक्ने सम्भावना, सरकारले समय अथाह रकम खर्च भएका आयोजनाहरु पनि समयमै शुरु हुन नसकेको कारणले राष्ट्रिय गौरवका आयोजना अध्ययन संसदिय उपसमितिले राष्ट्रिय गौरवका आयोजनाका बारेमा अध्ययन गरि सरकारलाई आवश्यक सुधारका सुझाव सहित प्रतिवेदन बुझाउने पनि उपसमितिका संयोजक ईन्जिनियर न्यौपानेले बताएका छन्।सम्बन्धित मन्त्रालयका सचिव, आयोजना प्रमुख, सम्बन्धित पदाधिकारी तथा विज्ञ प्रतिनिधिको सहभागीता आयोजनाका बारेमा भएको प्रस्तुतिकरण र छलफल निकै लाभदायक भएको उपसमितिका संयोजक ईन्जिनियर न्यौपानेले बताएका थिए ।
छलफलका क्रममा उपसमिति सदस्य माननियहरु प्रदिप बिष्ट, धर्मराज के.सी., मन्जु भुषाल, ईन्जिनियर दिपक कुमार शाह, पुर्णप्रकाश लिम्बु र श्रृष्टि भट्टराईको सहभागिता रहेको थियो । वर्तमान सरकारले राष्ट्रिय गौरवका आयोजना निर्माणमा तदारुकता देखाएकोले ढिला नगरिकन काम गर्न र आयोजना समयमै शुरु गर्न र रोकिएका, ढिलाई भएका समयमै सम्पन्न गर्न के गर्नुपर्छ उपसमितिलाई सुझाव दिन समितिका सदस्यहरुले सम्बन्धित आयोजना प्रमुख तथा पदाधिकारीहरुलाई आग्रह गरेका थिए ।
नेपालमा सञ्चालनमा रहेका १७ वटा राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमै निर्माण शुरु हुन नसक्दा र शुरु भएका आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत वृद्धि हुँदै गएको अवस्थालाई मध्यनजर गर्दै ती आयोजनाहरुको अध्ययन गरी समाधानका उपायसहित सरकारलाई सुझाव दिन पर्वाभार विकास समिति अन्तर्गत उक्त उपसमिति गठन गरिएको हो।
उपसमितिले अ््ध्ययन पश्चात बुझाउने प्रतिवेदनले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न र आउँदा दिनमा राष्ट्रिय गौरवका आयोजनाका समस्या तथा समाधानका उपायहरु सुझाउन सजिलो पर्ने उपसमितिको बिश्वास रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?