चितवन । भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा उत्कृष्ट भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै सङ्घीय अस्पतालमध्ये ८९ अङ्कसहित उत्कृष्ट बनेको छ।
८९ अङ्क प्राप्त गर्दै चितवनको भरतपुर अस्पताल उत्कृष्ट बन्न सफल भएको हो । त्यसैगरि ७७ अङ्कसहित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान दोस्रो, ७१ अङ्कसहित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान तेस्रो भएका छन् ।
६ सय शैया रहेको भरतपुर अस्पतालमा दैनिक २ हजार ५ सय देखि ३ हजारसम्म बहिरङ्ग सेवामा आउने गर्दछन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले गरेको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर अस्पताल गत वर्ष पनि ८८ अङ्कसहित उत्कृष्ट बनेको थियो ।















