क्यान्सर रोगीलाई २ लाख २८ हजार १ सय ५५ रुपैया सहयोग

  • ख-
  • ख+

तनहूँ । ब्यास सागीतिक समूहद्वारा दमौली,डुम्रे,आबुखैरेनीमा संगीतिक कार्यक्रम गरेर उठेको रकम क्यान्सर रोगबाट पिडित भई हाल भारतको नयाँ दिल्लीमा उपचाररत बिकास दरैको परिवार हन्तान्तरण गर्नुभएको छ । साथै बिकासको परिवारलाई ब्यास नगरपालिका वडा नं. ३ को गोरखकाली बोर्डिङ स्कुल बाट २५ हजार ब्यास नगरपालिका वडा नं. ३ बाराही आवासीय माद्यमिक माध्यमिकबाट २१ हजार ९ सय , ब्यास नगरपालिका वडा नं. ३ निवासी हाल अमेरिका बसोबास गर्नुहुने उत्तम भट्टराईबाट १० हजार नारायण पौडेल हाल अमेरिकाबाट ५ हजार, ब्ल्याक स्त्रोक रेस्टुरेन्ट दमौलीबाट ३ हजार १ सय गरि जम्मा भएको २ लाख २८ हजार १ सय ५५ रुपैया ब्यास सागीतिक समूहका अध्यक्ष मोहन राज आलेबाट क्यान्सर बिरामी बिकास दरैका बुवा हस्तबहादुर दरैलाई हस्तान्तरण गर्नुभएको छ ।

सहयोग रकम हस्तान्तरण गर्दै गोरखकाली बोर्डिङ स्कुलकी प्रधानाध्यापक बिना कैनी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्