राष्ट्रिय युवा संघ नेपाल व्यास नगरद्धारा दमौलीमा मास्क तथा सेनिटाईजर वितरण

  • ख-
  • ख+

तनहूँ । राष्ट्रिय युवा संघ व्यास नेपाल नगर कमिटिले तनहूँको दमौलीमा मास्क ताथ सेनिटाईजर वितरण गरेको छ । कोरोना भाईरस कोभिड १९ ले समाजमा पार्दै गरेको असरलाई न्युनिकरण गर्न सहयोग पुर्याउने उद्धेश्यका साथ मास्क वितरण गरिएको राष्ट्रिय युवा संघ व्यास नगर कमिटीका सह संयोजक अजित पन्थले बताउनुभएको छ । उक्त अवसरमा नेकपा एमाले तनहूँका सचिवालय सदस्य राजेश्वर ढकाल, नेकपा जिल्ला एमाले सचिबालय सदस्य हरिराज कडेंल, नेकपा जिल्ला एमाले सचिबालय सदस्य कुल बहादुर थापा , एमाले युबा नेता तथा जिल्ला खेलकुद बिकास समिति अध्यक्ष अनिल पाण्डे, राष्ट्रिय युबा संघ नेपालका केन्द्रीय सद्स्य माधब प्रसाद अधिकारी, खेलकुद माहासंघ केन्द्रीय सदस्य महेन्द्र रिजाल लगायतका महानुभावहरुको सहभागिता रहेको थियो ।
उक्त जनचेतना तथा मास्क वितरण कार्यक्रममा २ हजार पिस मास्क र ५ सय सेनिटाईजर वितरण गरिएको पनि राष्ट्रिय युवा संघ नेपाल व्यास नगर कमिटिका सह संयोजक अजित पन्थले जानकारी दिनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्