कुल- देउताको विषयमा झगडा हुँदा महोत्तरीमा दाजुले गरे भाइको हत्या

  • ख-
  • ख+

महोत्तरीमा घरको कुल देउतालाई आ – आफ्नो घरमा लैजाने विषयमा भएको विवादको क्रममा दाजुले भाइको हत्या गरेका छन्।

शुक्रबार पनि ५० वर्षीय दाजु रामचन्द्र साहले ४५ वर्षीय भाइ लक्ष्मण साह घरमा एक्लै रहेको समयमा घरबाट देउतालाई उखेलेर आफ्नो घर लग्दै गर्दा कुटाकुट भएको थियो।

कुटपिटबाट गम्भीर घाइते भएका लक्ष्मणलाई उपचारका लागि काठमाडौं पठाइएकोमा मृत्यु भएको हो।

मृत्युपश्चात लक्ष्मणको शव भ्रमरपुरास्थित घरमा शुक्रबार बेलुका नै ल्याइएको प्रहरी उपरीक्षक आचार्यले बताए।

लक्ष्मणको मृत्युपछि रामचन्द्रसहित उनका परिवार फरार भएका छन्।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ। बाँकी फरारको खोजविन भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (सेतोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्